दफा २९
विनियम र आन्तरिक कार्यविधिमा संशोधन
: (१) सहकारी संस्थाको साधारण सभाको कुल सदस्य सङ्ख्याको बहुमतबाट विनियम र आन्तरिक कार्यविधि संशोधन हुन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम संशोधन भएको विनियम रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारीबाट स्वीकृत भएपछि लागू हुनेछ ।